अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अमेरिकी सकर लिग (एमएलएस) मा गोल्डेन बुट जितेका छन्।
एमएसएलमा इन्टर मियामीका लागि मेस्सीले २८ खेलमा २९ गोल गरेका थिए।
एमएलएसको प्लेअफमा न्याशभिलविरुद्ध मियामीले ३–१ को जित दर्ता गर्दा मेस्सीले २ गोल गरेका थिए।
खेलअघि मेस्सीलाई गोल्डेन बुट प्रदान गरिएको थियो। मेस्सीलाई एमएलएसका कमिस्नर डन गार्बरले गोल्डेन बुट प्रदान गरेका थिए।
एमएसएलको प्लेअफका ३ मध्य दुई खेलमा जित निकाल्ने टोली अर्को चरणमा प्रवेश गर्नेछ।
237
Shares

प्रतिक्रिया