खेल


जापानलाई हराउँदै युएई पनि विश्वकपमा छनोट

जापानलाई हराउँदै युएई पनि विश्वकपमा छनोट

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १९:५१, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (युएई) अर्को वर्ष भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा छनोट भएको छ। 

ओमानमा जारी एसिया र पूर्वी एसिया प्यासिफिक छनोटमा जापानलाई पराजित गर्दै शीर्ष तीनमा स्थान सुरक्षित गरेको हो।

यससँगै एसिया र पूर्वी एसिया प्यासिफिकबाट विश्वकप खेल्ने तीनवटै टोलीको टुंगो लागेको छ। नेपाल र ओमान यसअघि नै छनोट भइसकेका छन्। 

यससँगै विश्वकप खेल्ने २० टोलीको टुंगो लागेको छ। 

युएईको जितसँगै कतार र सामोआको पनि शीर्ष तीनको ढोका बन्द भएको छ। बिहीबार जापानले दिएको ११७ रनको सामान्य लक्ष्य युएईले १३ औँ ओभरको पहिलो बलमा मात्रै २ विकेटको क्षतिमा पूरा गर्‍यो।

यूएईको जितमा अलिशान शराफुले २७ बलमा ४६ रन बनाउँदा कप्तान मुहम्मद वासिमले २६ बलमा ४२ रनको योगदान दिए। 

मयंक चौधरी र राहुल चोप्रा १३ र १४ रनमा अविजित रहे। जारी छनोटमा नेपाल मात्रै अपराजित टोली हो। अब नेपालले शुक्रबार अन्तिम खेलमा सामोआसँग खेल्दा ट्रफी उचाल्ने लक्ष्यमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad