ओपनर कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङमा नेपालले आइसीसी टी–२० विश्वकप छनोट अन्तर्गत सुपर सिक्समा प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पछ्याउन ओमानलाई सकस भएको छ।
१४ ओभर सकिँदा ओमानले ६ विकेट गुमाइसकेको छ। ओमानको अल एमिरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५१ रनको योगफल तयार पारेको हो।
्
पहिलो विकेटका लागि कुशल र आशिफ शेखले ७.३ ओभरमा ६१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
अर्का ओपनर आशिफ शेख २० बलमा २ चौका र १ छक्का सहयोगमा २४ रन बनाउँदा नदिम खानको बलमा बोल्ड आउट भए।
गुल्सन झा १० बलमा २ छक्का सहयोगमा १८ रन बनाउँदा क्याच आउट हुन पुगे।
१५ बलमा ३ चौका सहयोगमा १६ रन बनाएका मोहम्मद आदिल आलम सुफयान मेहमुदको बलमा क्याच आउट हुन पुगे।
कुशल मल्ल ७ रन बनाउँदा नदिमकै बलमा क्याच आउट हुन पुगे। कप्तान रोहित पौडेल १ बलमा नदिम खान कै बलमा बोल्ड आउट भए। नन्दन यादव ९ रन बनाउँदा रन आउट हुन पुगे।
अलराउण्डर दिपेन्द्र सिंह ऐरि २ रन बनाउँदा नदिम खानको बलमा एलबीडब्लु धरापमा परे।
लोकेश बम शुन्य रनमा नै पेभेलियन फर्के। सोमपाल कामी १ रनमा अविजित रहे।
ओमानका लागि नदिम खानले सर्वाधिक ४ विकेट लिए। उनले आफ्नो स्प्लमा २० रन दिदा ४ विकेट झारे। सुफयान मेहमुद र जितेन रमानन्दीले समान २ विकेट झारे।
यसअघि आज नै भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई ३ विकेटले तथा युएईले सामोयालाई ७७ रनले हराएपछि नेपाल र ओमान दुई खेल अघि नै विश्वकपका लागि छनोट भइसकेका छन्।
खेलअघि नै आईसीसी टी–२० विश्वकपमा छनोट भइसकेका नेपाल र ओमान छनोटको विजेता बन्न अपराजित रहने प्रयासमा छन्।
Shares

प्रतिक्रिया