आईसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटमा यूएईले सामोआलाई २२६ रनको लक्ष्य दिएको छ।
बुधबार ओमानमा भएको खेलमा युएईले निर्धारित २० ओभरमा २२५ रन बनाउँदै प्रतियोगितामा अहिलेसम्मकै धेरै रन बनाएको हो।
४ विकेटको क्षतिमा युएईले विशाल लक्ष्य खडा गर्दा अलिशासन सरफूले सर्वाधिक ८६ रन बनाए। उनले ५१ बलमा यो रन बनाएका हुन्। त्यस्तै राहुल चोपराले ३४ बलमा ६२ र हरशित कौसिकले १२ बलमा ४४ रन बनाउन सफल भए।
त्यस्तै मयंक कुमारले १६ बलमा १७, ध्रुव प्रसारले ५ बलमा ८ रन बनाउँदा कप्तान मोहमद वासिमले भने खाता खोल्न सकेनन्।
यूएईका ब्याटरले १७ छक्का र १२ चौका प्रहार गरेका थिए।
2.1k
Shares

प्रतिक्रिया