कारोबार


अमेरिकामा गभर्नर पौडेलले भने-राजनीतिक परिस्थितिले वित्तीय सन्तुलनमा चुनौति थपियो

अमेरिकामा गभर्नर पौडेलले भने-राजनीतिक परिस्थितिले वित्तीय सन्तुलनमा चुनौति थपियो

नेपालखबर
असोज २९, २०८२ बुधबार १८:०, काठमाडौँ

सार्क फाइनान्स गभर्नर ग्रुपको अमेरिकामा भएको छलफलमा गनर्भर विश्वनाथ पौडेलले राजनीतिक परिस्थितीले वित्तीय सन्तुलनमा चुनौति थपिएको धाराणा राखेका छन्।

विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका दौरान सार्क फाइनान्स गभर्नर ग्रुपको छलफलमा गभर्नर पौडेलले बाह्य क्षेत्र सहज रहेपनि वित्तीय सन्तुलन र दिगो आर्थिक बृद्धिका प्रयासमा चुनौति थपिएको बताएका हुन्। 

‘मुद्रास्फिती र बाह्य क्षेत्रका सूचकहरू सहज अवस्थामा छन् तथापी हालै विकसित राजनीतिक परिस्थितिका कारण्ण वित्तीय सन्तुलन र दिगो आर्थिक बृद्धिका प्रयासमा चुनौति थपिएको छ’ उनले भने । 
कार्यक्रममा गभर्नर पौडेलले चुनौति सम्बोधन गर्दै अर्थतन्त्रको पुनरुत्थान र गतिशीलताको निम्ती नीतिगत सहजीकरणको प्रयास थालिएको जानकारी गराए।

कार्यक्रममा बंगलादेश बैंकका गभर्नर डा।असान एस। मन्सुरको अध्यक्षतामा भएको थियो । जसमा दक्षिण एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी र अन्य प्रतिनिधीको सहभागिता रहेको थियो । 

कार्यक्रममा सार्क पेमेन्ट काउन्सिलको प्रभावकारिता, सार्क क्षेत्रमा वित्तीय समावेशीकरण, सार्क मुलुकबीच करेन्सी स्वाको सम्भावना, साझा अनुसन्धान र तथ्यांक प्रणाली, सार्क छात्रवृति र अगामी कार्यदिशाका विषयमा सहभागीहरुबीच छलफल भएको  थयो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad