खेल


‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल’मा नेपाली सेनालाई स्वर्ण पदक

‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल’मा नेपाली सेनालाई स्वर्ण पदक

नेपालखबर
असोज २७, २०८२ सोमबार ६:१३, काठमाडौँ

बेलायतको वेल्स, ब्रेकनमा भएको गस्ती अभ्यासमा नेपाली सेनाले सर्वोत्कृष्ट अङ्क प्राप्त गर्दै स्वर्ण पदक जितेको छ।

यही असोज १७ देखि २६ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अङ्क प्राप्त गरी स्वर्ण पदक जितेको लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहले जानकारी दिए। ३३ देशका ११७ टिम  सहभागी उक्त प्रतियोगितात्मक अभ्यासमा नेपाली सेनाले यस वर्ष स्वर्ण पदक प्राप्त गरेको हो। 

१० दिनसम्म सञ्चालित उक्त अभ्यासलाई आठ चरणमा विभाजन गरिएको थियो। जसमा ४८ घण्टाभित्र हतियार तथा करिब ७० पाउण्ड (३२ देखि ३५ केजी तौल) बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ६० किलोमिटर बढी दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको खबर सङ्कलन, घाइते बिरामीको व्यवस्थापनलगायतका  विभिन्न तयारी र दक्षताको परीक्षण हुने नेपाली सेनाले जनाएको छ।

नेपालले यही २३ गतेदेखि २५ गतेसम्म सो अभ्यास प्रदर्शन गरेको थियो। सन् १९६० बाट सुरु भएको यो अभ्यासमा सन् २०१४ देखि नेपाली सेनाले सहभागिता जनाउँदै आएको छ। नेपाली सेनाले सन् २०१७, २०१९  र २०२४ मा पनि स्वर्ण पदक जितेको थियो।

सन २०२० र २०२१ मा भने कोभिड–१९ को कारण नेपाल यो अभ्यासमा सहभागी भएको थिएन । बेलायती सेनाका अनुसार, मौसम र धरातलीय दृष्टिले कठिन क्षेत्र मानिने वेल्सको ब्रेकन क्षेत्रमा आयोजना हुने यो अभ्यास सैन्य क्षमता प्रदर्शनमा कठिन हुने गरी डिजाइन गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad