खेल


युवा फुटबलरको सम्झनामा एन्फाद्वारा स्मृति सभा

युवा फुटबलरको सम्झनामा एन्फाद्वारा स्मृति सभा

नेपालखबर
असोज १२, २०८२ आइतबार १४:५४, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको पहिरोमा परी ज्यान गुमाएका युवा फुटबलरप्रति श्रद्धाञ्जली सभा गरेको छ।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार एन्फाले वार्षिक स्मृति सभा आयोजना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको हो।

२०८१ साल असोज १२ गते मकवानपुरको सिस्नेरीमा पहिरोमा परी दिवस बानियाँ, अनुपम घलाारन, साइमोन योन्जन, प्रियांश आचार्य, विकल रेग्मी र आदित्य बालम्पखीले ज्यान गुमाउनु परेको थियो।

सिस्नेरीस्थित वात्सल्यदेवी उच्च माध्यमिक विद्यालयमा उनीहरू एन्फाद्वारा सञ्चालित एकेडेमीका खेलाडी थिए थिए। भारी वर्षाका कारण आएको पहिरोमा परी उनीहरूको ज्यान गएको थियो। 

आइतबार भएको स्मृति सभामा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडा, सदस्य पुरुषोत्तम थापासहित खेलाडी, प्रशिक्षक र फुटबलकर्मीले खेलाडीहरूको तस्बिरमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad