खेल


राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

नेपालखबर
असोज ९, २०८२ बिहिबार १८:४२, काठमाडौँ

राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एन्फा कम्प्लेक्स सतदोबाटोमा न्यौपानेलाई नियुक्ती पत्र दिएको हो। 

उनको कार्यकाल साफ महिला च्याम्पियनसिप २०२६ सम्म रहनेछ। त्यसैगरी, भगवती थापा र राजकुमार केसीलाई टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरिएको छ।

बिन्द्रा देवान, शिला गिरी र विकास गुरुङले राष्ट्रिय महिला टोलीको टोली प्रबन्धक, फिजियोथेरापिस्ट र किट प्रबन्धकको रूपमा निरन्तरता पाएका छन्। 

यसअघिका प्रशिक्षक प्याट्रिक डे वाइल्डसँग बिन्द्राले विवाद गरेकी थिइन्। उनीहरुसँगको बिबादकै कारण प्रोलाइसेन्सप्राप्त वाइल्ड राजीनामा दिन बाध्य भएका थिए। 

त्यसपछि रिक्त रहेको प्रशिक्षकको जिम्मेवारी न्यौपानेलाई प्रदान गर्ने निर्णय एन्फाले गरेको हो। न्यौपानेले यसअघि राष्ट्रिय टोली, विभिन्न उमेर समूह र आर्मी क्लब, मनाङ मस्र्याङदीसहित विभिन्न क्लबहरुमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad