खेल


सेलिब्रेसनको धुनमा एकिटिकेले पहेँलो कार्ड बिर्सिँदा मैदान छाड्नुपर्‍यो

सेलिब्रेसनको धुनमा एकिटिकेले पहेँलो कार्ड बिर्सिँदा मैदान छाड्नुपर्‍यो

नेपालखबर
असोज ८, २०८२ बुधबार १२:१३, काठमाडौँ

लिभरपुलले काराबाओकपमा गएराति साउथह्याम्प्टनविरुद्ध कठिन जित हात पार्‍यो। अलेक्ज्याण्डर इसाकलाई प्रमुख खेलाडी बनाएर मैदान उतारेको लिभरपुलले उनकै गोलमा अग्रता लियो।

लिभरपुलले ४३औँ मिनेटमा अग्रता लिए पनि ७६औँ मिनेटमा साउथह्याम्प्टनले गोल फर्कायो।

खेलमा रोचक त के भयो भने दोस्रो हाफको सुरुवातमै मैदान प्रवेश गरेका इकिटिकेले ५३ औँ मिनेटमा पहेँलोकार्ड पाइसकेका थिए। बराबरीतर्फ धकेलिएको खेलमा इकिटिकेले ८५ औँ मिनेटमा विजयी गोल गरे। 

गोल गरेपछि उनले जर्सी फुकालेर सेलिब्रेसन गरे। आफूले पहिल्यै पर्हेलो कार्ड पाइसकेको बिर्सिँदा उनलाई र टोलीलाई महंगो पर्न गयो। जर्सी फुकालेका इकिटिकेले दोस्रो पहेँलोकार्डपछि रातो कार्ड पाए र ८६औँ मिनेटमा मैदान छाड्नुपर्‍यो। 

अन्तिमतिर लिभरपुल १० खेलाडीमा सीमित बने पनि थप गोल हुन नसक्दा काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ।

यही गल्तीका कारण इकिटिकेले शनिबार क्रिस्टल प्यालेसमा हुने प्रिमियर लिग खेल गुमाउनेछन्। 

एकिटिकेले मंगलबार राति सामाजिक सञ्जालमा यो गल्तीका लागि माफी मागेका छन्। प्रशिक्षक आर्ने स्लटले यो गल्ती बारे अचम्मित भएको बताएका छन्। उनले एकिटिकेको यो व्यवहारलाई मुर्खता भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad