दक्षिण एसियाली फुटबल महासंघ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यू–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ।
नेपाली समयअनुसार खेल आज साँझ ६ बजे हुने अखिल नेपाल फुटबल संघले जनाएको छ।
डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अंकका साथ पहिलो स्थानमा छभने तीन अंकका साथ नेपाल तेस्रो स्थानमा छ।
घरेलु मैदानमा कुनै जित हासिल नगरेको भुटान चौथो स्थानमा छ। नौ अंकका साथ बंगलादेश दोस्रो स्थानमा छ। प्रतियोगितामा यिनै चार देश सहभागी छन्।
खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ।
उपाधि जित्ने होडबाट नेपाल बाहिरिएको छ।
120
Shares

प्रतिक्रिया