खेल


यू-१७ महिला च्याम्पियनसिप: आज फेरि बंगलादेशसँग भिड्दै नेपाल

यू-१७ महिला च्याम्पियनसिप: आज फेरि बंगलादेशसँग भिड्दै नेपाल

फाइल तस्बिर : यू-१७ महिला फुटबल टोली


नेपालखबर
भदौ ११, २०८२ बुधबार ७:५९, काठमाडौँ

भुटानमा जारी साफ १७ वर्षमुनिको (यू-१७) महिला च्याम्पियनसिप प्रतियोगितामा नेपाल आज (बुधबार) आफ्नो चौथो खेलमा बंगलादेशसँग भिड्दै छ। 

खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।

यसअघि भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले हारेको थियो।

अहिलेसम्म नेपालले ३ खेल खेलेको छ। जसमा २ हार र एक जित गरेको छ। 

पहिलो खेलमा भारतसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो।

भुटान, भारत र बंगलादेशसहित ४ टोली सहभागी प्रतियोगितामा  नेपालले उपाधि जित्ने सम्भावना कमजोर बनेको छ। 

नेपाल तीन अंकसहित तेस्रो स्थानमा छ भने समान खेल खेलेको बंगलादेश ६ अंकसहित दोस्रो स्थानमा छ।

अनि नौ अंकसहित भारत शीर्ष स्थानमा छ।

डबल राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

आजको खेलपछि नेपाल शुक्रबार भारतसँग र आइतबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad