खेल


एनपीएल अक्सन : पहिलो संस्करणपछि रिलिज भएका यी ३७ खेलाडीलाई कसले किन्ला?

एनपीएल अक्सन : पहिलो संस्करणपछि रिलिज भएका यी ३७ खेलाडीलाई कसले किन्ला?

नेपालखबर
साउन २४, २०८२ शनिबार १५:५१, काठमाडौँ

विराटनगर किंग्सको टोलीमा मार्की खेलाडी सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्ट रिटेन (सुरक्षित) छन्। 

बिराटनगरले बी श्रेणीका सबै खेलाडी रिलिज गरेको छ। राजेश पुलामी मगरसँगै जितेन्द्र मुखिया, दिपक बोहरा, अनिल खरेल रिलिज हुँदा सी श्रेणीका मृनल गुरुङ पनि रिलिज भए।  

जनकपुर बोल्ट्स मार्की खेलाडी आसिफ शेखसँगै अनिल साह, ललित नारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार र तुलबहादुर थापा मगरलाई रिटेन गरिसकेको छ। 

जनकपुरले पहिलो संस्करणको अक्सनमा १० खेलाडी मात्रै अनुबन्ध गरेको थियो। ती मध्ये सी श्रेणीका अरनिको प्रसाद यादव, बी का आकाश त्रिपाठी र शेर मल्ललाई रिलिज गर्दा ए श्रेणीका हेमन्त धामी पनि रिलिज भए। ट्यालेन्ट हन्टबाट लिएका दुवै खेलाडी मयन्क यादव र विशाल सुस्लिङलाई पनि रिलिज गरेको छ। जनकपुरले शनिबारको अक्सनबाट ५ खेलाडी किन्न पाउनेछ। 

चितवन राइनोजका मार्की खेलाडीमा कुशल मल्लले निरन्तरता पाउँदा रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसीले टोलीमा निरन्तरता पाएका छन्।  

चितवनले ए श्रेणीका शरद भेषवाकरसँगै बी का बिपिन रावल, दीपेश श्रेष्ठ पनि रिलिज गर्यो। यस्तै सी का रञ्जित कुमार र सन्तोष कार्की पनि रिलिज भएका छन्। 

काठमाण्डू गुर्खाजका मार्की खेलाडी करण केसीसँगै शाहव आलम, भीम सार्की, राशिद खान, दिपेश कंडेल र प्रतिक श्रेष्ठ टोलीमा निरन्तरता पाएका छन्। काठमाण्डूले बी श्रेणीका सुमित महर्जन, कृष्ण कार्की र शंकर रानालासँगै सी का बिबेक केसी र राजु रिजाललाई रिलज गरेको छ। 

पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेलसँगै सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दास यसपटक पनि टोलीमा रहने पक्का भइसकेको छ। 

पोखराले ए श्रेणीका दिलिप नाथ र सुनम गौतमलाई रिलज गरेको छ। यस्तै बी का नारायण जोशी र सीका अमृत गुरुङ रिलिज भएका छन्। 
लुम्बिनी लायन्सले मार्की खेलाडी रोहितकुमार पौडेलसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेश गौतमलाई रिटेन गरेको छ।

तर ए श्रेणीका सूर्य तामाङ र अर्जुन साउदसँगै बी का विकास आग्री, दुर्गेश गुप्ता र आशुतोष घिरैया पनि रिलज भएका छन्। कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, युनिस विक्रमसिंह ठकुरी र विपिन शर्मालाई रिटेन गरेको छ। 

ए श्रेणीका देव खनाल र बी श्रेणीका मौसम ढकाल, रित गौतम, भुवन कार्की र सी का दीपक डुम्रेलाई रिलिज गरेको छ। यी स्थानमा कर्णालीले शनिबार नयाँ खेलाडीलाई अनुबन्ध गर्नेछ। 

सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख, अभिनास बोहरा, इसान पाण्डे र नरेन साउद दोस्रो सिजनका लागि रिटेन भइसकेका छन्। 

यो टोलीबाट सी का भोजराज भट्ट, अमित श्रेष्ठ, बी का खडकबहादुर बोहरा, अर्जुन कुमाल र नरेश बुढाऐर पनि रिलिज भइसकेका छन्। यी स्थानमा सूदुरपश्चिमले शनिबार अनुबन्ध गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad