खेल


एनपीएल अक्सन: क्लबहरूले रिलिज गरेका ए श्रेणीका यी ६ खेलाडीलाई कसले भित्र्याउला?

एनपीएल अक्सन: क्लबहरूले रिलिज गरेका ए श्रेणीका यी ६ खेलाडीलाई कसले भित्र्याउला?

नेपालखबर
साउन २४, २०८२ शनिबार १५:१३, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन आज सुरु हुँदैछ। लिगमा सहभागी ८ क्लब छन्। दोस्रो सिजनको एनपीएलको अक्सनमा १६४ खेलाडीको नाम छ। यीमध्ये ३७ जनामाथि क्लबहरूले बोली लगाउनेछन्।  

नेपाल क्रिकेट संघ क्यानले खेलाडीहरूलाई विभिन्न श्रेणीमा विभाजन गरेको छ। यीमध्ये पहिलो सिजनमा ए श्रेणीमा रहेका ६ खेलाडीलाई क्लबले रिलिज गरेको छ। यी ६ खेलाडीलाई यसपटक कसले भित्र्याउलान् भन्नेमा सबैको चासो छ।  

गत सिजन चितवन राइनोजमा रहेका शरद भेषावकर यसपटक उनलाई कुनकुन क्लबले बोली लगाउँछन् भन्ने चासो छ। त्यस्तै ए श्रेणीमै रहेका अर्जुन साउद र सूर्य तामाङलाई पनि लुम्बिनी लायन्सले रिलिज गरेको छ। उनीहरूलाई कुन क्लबले किन्छ त्यसका लागि अक्सननै पर्खिनु पर्ने भएको छ।  

त्यस्तै कर्णाली याक्सले पनि ए श्रेणीमा रहेका देव खनाललाई रिलिज गरेको छ। उनलाई यसपटक कसले भित्र्याउला भन्ने चासो छ। 

पोखरा एभेन्जर्सले पनि ए श्रेणीकै दिलीपनाथ र सुनम गौतमलाई पनि रिलिज गरेको छ। उनीहरूमाथि कुन क्लबले बोली लगाउला भन्ने चासो छ। 

यता आदिल आलम र पवन सर्राफ पहिलोपटक ए श्रेणीमा समावेश भएका छन्। गत सिजनमा आदिल निलम्बनमा थिए भने पवन घाइते। 

दोस्रो सिजनको अक्सन आज दिउँसो ३:४५ बजे सुरु हुँदैछ।  
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad