प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने घोषणा गर्नुभएको छ।
बिहीवार फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब छिटै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार क्षमताको रंगशाला बनाउने घोषणा गरेका हुन्।
दशरथ रंगशालाको क्षमता १५ हजार रहेको र नेपाली फुटबलप्रेमीहरुका लागि अब साँघुरो हुँदै गएकाले अब ठूलो नयाँ रंगशाला निर्माण कार्यमा सरकार जुटेको बताए। दशरथ रंगशालालाई स्तरोन्नति गर्ने पनि प्रधानमन्त्रीको भनाइ छ। कीर्तिपुरमा क्रिकेट मैदानको स्तरोन्नति कार्य सम्पन्न हुने चरणमा रहेको पनि जानकारी दिए।
अब खेल सिक्नको लागि खेल मैदानहरुको कमी नहुने पनि प्रतिवद्धता जनाए। खेलकुद क्षेत्रका पूर्वाधार तयार सरकारले निर्माण गरिरहेको र महिला फुटबलरहरुका लागि अभ्यास गर्ने ठाउँहरुको निर्माण पनि गरिरहेको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘अब खेल सिक्नको लागि खेल मैदानहरूको कमी हुनेछैन। खेलकुद क्षेत्रका पूर्वाधार तयार गरिरहेका छौँ। महिला फुटबलका लागि अभ्यास गर्ने ठाउँ, रंगशाला हामी तयार गरिरहेका छौँ। अब छिटै नै हामी भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार क्षमताको रंगशाला बनाउँछौँ। यो (दशरथ)रंगशाला भनेको १५ हजार दर्शक अटाउने रंगशाला हो। अब हामी भक्तपुरमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने तयारीमा लागिरहेका छौँ।’
प्रधानमन्त्री ओलीले कीर्तिपुरस्थित क्रिकेट रंग्शालाको अधिकतम सदुपयोग हुने बताए। भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने घोषणा गरे।
Shares

प्रतिक्रिया