नेकपा एकीकृत समाजवादी पार्टीका नेता वामदेव गौतमले तराई मधेसको खानेपानीको समस्या समाधानका लागि प्रदेश ५ किलोमिटरको फरकमा पोखरी निर्माण गर्नुपर्ने बताएका छन्।
बिहीबार राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले पानीको समस्या समाधानका पोखरफ निर्माण गर्नुपर्ने बताएका हुन्।
‘ठोरीको नहरबाट आठ जिल्लामा जहाँ जहाँ पानीको समस्या छ, त्यहाँ लगेर पानी रिचार्ज गर्न सकिन्छ,' उनले भने, '५-६ दिनसम्म रिचार्ज गर्ने हो भने गहिराइको आधारमा खर्च पनि त्यही किसिमले गर्ने। राजमार्गभन्दा दक्षिणतर्फ हरेक पाँच किलोमिटर पोखरी निर्माण गर्ने। ८ जिल्लामा ४० वटा पोखरी निर्माण गरौँला।'
उनले पूर्वी भेग र मध्य तथा पश्चिम तराई र पहाडमा पनि पानी पोखरीको अवधारणा अघि सार्नुपर्ने बताए। उनले नेपालका भूभागको पानी भारतले खिचेको पनि आरोप लगाउँदै भने, 'मलाई शङ्का के लागेको छ भने भारतले नेपालको सीमानामा रहेको १०/२० किलोमिटर जमिनको पानी सबै खिचेको छ। हाम्लाई भन्दा बढी समस्या भारतलाई छ। त्यसकारण त्यहाँ हेर्न जानुपर्छ। जासुसी तरिकाले अध्ययन गर्न जानुपर्छ।’
Shares

प्रतिक्रिया