प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ फुटबल रंगशाला निर्माणका लागि सरोकारवाला निकाय र संस्थासँग छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीले सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वसँग छलफल गरेका हुन्।
त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला सानो भएकाले कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने सुविधासम्पन्न रंगशाला निर्माणको तयारी गरिएको हो।
यसका लागि सूर्यविनायक नगरपालिकाले वडा नम्बर ८ जगातेमा रहेको २ सय रोपनी जग्गा उपलब्ध गराउने जनाएको छ।
यसको जग्गा प्राप्तिको प्रक्रिया छिटो अगाडि बढाउने नगरपालिकाले प्रधानमन्त्री ओलीलाई अवगत गराएको थियो।
393
Shares

प्रतिक्रिया