खेल


साफ यू-२० महिला च्याम्पियनसिप: आज भुटानसँग दोस्रोपटक भिड्दै नेपाल

साफ यू-२० महिला च्याम्पियनसिप: आज भुटानसँग दोस्रोपटक भिड्दै नेपाल

फाइल तस्बिर : नेपाल र भुटानको खेल


नेपालखबर
साउन ३, २०८२ शनिबार ७:३१, काठमाडौँ

बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपाल आज शनिबार भुटानसँग भिड्दै छ। 

खेल बंगलादेशको ढाकास्थित किङ्स एरेनामा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

जारी प्रतियोगितामा नेपाल भुटानसँग दोस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो।

पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो।

प्रतियोगितमा नेपालसहित आयोजक बंगलादेश, भुटान र श्रीलंका सहभागी छन्। 

खेल डलब राउन्ड रोबिनका आधारमा भइरहेको छ।

‍नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० गोलले हराएको थियो।

आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा भने नेपाल ३-२ गोलले हारेको थियो।

नेपाल फेरि सोमबार बंगलादेशसँग भिड्नेछ। 

नेपालले ४ खेलबाट ९ अंक बनाएको छ।

घरेलु टोली बंगलादेशले ३ खेलबाट ९ अंक बटुलेको छ। 

सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad