मधेस युनाइटेडले एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल) का लागि अभिनेत्री नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
मधेसले बिहिबार एक विज्ञप्ती जारी गर्दै नीति शाहलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको जानकारी दिएको हो।
नीति शाह मिस नेपाल इन्टरनेसनल २०१७ हुन्। मधेसको ब्रान्ड एम्बेसडर नियुक्त भएपछि शाहले टोलीमा आवद्ध हुन पाउँदा अत्यन्त खुसी र गर्व महसुस भएको बताएकी छिन्।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको दोस्रो एभरेष्ट वुमन्स भलिबल लिग आगामी भाद्र २० गते देखि २८ गतेसम्म हुदैछ।
219
Shares

प्रतिक्रिया