नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) को पूर्व सिइओसमेत रहेकी घिमिरेको नियुक्तीले क्लबको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरूलाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा क्लबले गरेको छ।
आईसीसी प्रतियोगिताहरूमा परामर्शदाताका रूपमा संलग्न भएकी घिमिरेले विश्व क्रिकेटमा अनुभव बटुली सकेकी छिन्। उनको नियुक्तीले टिम व्यवस्थापनलाई अझ सुदृढ बनाउनुका साथै खेलाडी विकास र समग्र टिम प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने क्लवको विश्वास छ।
‘हामी भावना घिमिरेलाई हाम्रो लायन्स परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित छौँ,’ लुम्बिनीका अध्यक्ष ईश्वर जिसीले भने, ‘उनको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पुर्याउनेछ भन्ने मलाई लागेको छ।’
Shares

प्रतिक्रिया