रियल मड्रिडमा १३ वर्ष बिताएका लुका मोड्रिक आगामी सिजन एसी मिलानबाट खेल्ने भएका छन्। ३९ वर्षीय मोड्रिक २०२६ को जुन सम्मका लागि फ्रि एजेन्टमार्फत एसि मिलान पुगेका हुन्। इटालियन क्लबसँग एक वर्ष सम्झौता थप गर्न सकिने विकल्प समेत छ।
गत मे महिनामा अमेरिकामा भएको क्लब विश्वकपपछि मोड्रिकले स्पेनी जायन्ट क्लब छाड्ने घोषणा गरेका थिए। मिलानको समाजिक सञ्जालमार्फत मोड्रिकले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्न पाउँदा खुसी लागेको बताए।
सन् २०१८ मा बालोन डि ओर जितेका मोड्रिकले १०१२ मा टोटनह्यामबाट रियल पुगेका थिए। रियलमा रहँदा उनले ६ च्याम्पियन्स लिग, चार लालिगा उपाधिसहित २८ वटा ट्रफीहरू जितेका छन्। रियलमा रहँदा उनले ५ सय ९७ खेलमा ४३ गोल गरे। रियलबाट उनको अन्तिम खेल खेल्दा टोलीले क्लब विश्वकपको सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनसँग ४–० ले पराजित भएका थियो।
Shares

प्रतिक्रिया