साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपाली युवा टोली आज श्रीलंकासँग खेल्दैछ।
ढाकाको बसुन्धरा किंग्स एरिनामा हुने खेल राति पौने ७ बजेदेखि सुरु हुनेछ।
च्याम्पियनसिपमा नेपाली टोली दोस्रो जितको खोजीमा छ। श्रीलंका भने पहिलो जितको खोजीमा मैदान उत्रँदैछ।

नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको थियो। तर दोस्रो खेलमा भने घरेलु टोलीसँग ३–२ ले पराजित भएको थियो। श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग ९–१ ले पराजित भएको थियो। दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भएको थियो।
नेपालले बिहिबार पुनः श्रीलंकासँग नै खेल्ने तालिका छ। जुलाई १९ मा भुटान र अन्तिम खेलमा २१ जुलाइमा बंगलादेशसँग खेल्ने छ। खेलहरू डबल राउन्ड रोविनका आधारमा हुनेछन्। लिग चरणको सबै खेलपछि सर्वाधिक अंक ल्याउने टोली च्याम्पियन बन्नेछ।
Shares

प्रतिक्रिया