भारतीय महिला क्रिकेट टोलीले इङ्ग्ल्यान्डविरुद्धको द्विपक्षीय शृंखला जितेर इतिहास रचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बीसीसीआई वुमनका अनुसार भारतीय महिला क्रिकेट टोलीले इङ्ग्ल्यान्डमा पहिलोपटक द्विपक्षीय टी-२० शृंखला जितेको हो।
इङ्ग्ल्यान्डविरुद्धको पाँच खेलको टी-२० शृंखलामा भारतले तीन खेल जितेको हो।
यद्यपि इङ्ग्ल्यान्डले भारतविरुद्धको अन्तिम टी-२० खेल ५ विकेटले जितेको छ।
भारतीय महिला क्रिकेट टोलीले शृंखलाको अन्तिम खेलमा १६७ रन बनाएको थियो, तर इङ्ग्ल्यान्डले २० ओभरमा १६८ रन बनायो।
बीसीसीआई वुमनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा स्पिनर श्री चरणीलाई शृंखलामा १० विकेट लिएकाले प्लेयर अफ द सिरिजको रूपमा छनोट गरिएको जानकारी दिएको छ।
75
Shares

प्रतिक्रिया