कारोबार


ललितपुरको मुख्य सहरी क्षेत्रका यी १३ ठाउँमा अवरुद्ध हुनेछ ३ रात टेलिफोन र इन्टरनेट सेवा

ललितपुरको मुख्य सहरी क्षेत्रका यी १३ ठाउँमा अवरुद्ध हुनेछ ३ रात टेलिफोन र इन्टरनेट सेवा

नेपालखबर
असार २९, २०८२ आइतबार ८:३४, काठमाडौँ

अबको तीन रात ललितपुरका केही ठाउँमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ। 

नेपाल दूरसञ्चार कार्यालय पाटन अन्तर्गतका आधा दर्जन ठाउँमा सेवा अवरुद्ध हुनसक्ने नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाटनले जनाएको छ। 

आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म पाटन कार्यालय अन्तर्गत चक्रपथ पारिको एकान्तकुना, कुसुन्ती, महालक्ष्मीस्थान, नख्खुडोल शोभाहिटी क्षेत्रमा लेटिफोन, इन्टरनेट र टिभी) सेवा अवरुद्ध हुनेछ। 

त्यसैगरि सोमबार मंगलबजार, कृष्ण मन्दिर, पिमबहाल, नाःटोल, डौबहादमा सेवा अवरुद्ध हुनेछ भने मंगलबार धोबीघाट, मलपोखरी, बागडोल र नख्खु विष्णुदेवी क्षेत्रमा सेवा अवरुद्ध हुने नेपाल टेलिकमले आज जारी गरेको सूचनामा उल्लेख छ। 

ती ठाउँमा सञ्चालित फाइवर टु द होम नेटवर्कको आन्तरिक मर्मत सम्भार गर्नुपर्ने भएकाले टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुन सक्ने सूचनामा उल्लेख छ। 

निर्धारित समयभन्दा अघिपछि सेवा सुचारु नभएमा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न पनि कार्यालयले सबैमा अनुरोध गरेको छ। 

हेर्नुहाेस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad