नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा सम्पन्न एसीसी मेन्स यू–१६ इस्ट जोन कपको उपाधि विजेता टोलीलाई जनही ५० हजार रुपैयाँ दिने भएको छ।
क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उपाधि विजेता टोलीका खेलाडी तथा अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने निर्णय भएको बताएको हो।
मलेसियामा भएको इस्ट जोनमा गत शनिबार (असार २१ गते) भएको फाइनलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि उचालेको थियो।
इस्ट जोनमा नेपाली युवा टोली अपराजित रहेर उपाधि जितेको थियो। नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको थियो।
समूह चरणमा नेपालले भुटानलाई २ सय ९८, इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो। जापानमाथि ९ विकेटले तथा सिंगापुरलाई ६ विकेटले पाखा लगाएको थियो।
27
Shares

प्रतिक्रिया