भारतका सन्जोग गुप्ता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन्।
हाल जियोस्टारमा स्पोर्ट्स एन्ड लाइभ एक्सपिरियन्सका सीईओ गुप्तालाई सोमबार आईसीसीको नयाँ सीईओमा नियुक्ति दिइएको हो।
सन्जोग गुप्ताको नियुक्तिबारे जानकारी दिँदै आईसीसीका अध्यक्ष जय शाहले भने, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु- सन्जोग गुप्तालाई आईसीसीको सीईओमा नियुक्ति गरिएको छ।’
यससँगै गुप्ता आईसीसीको सातौँ सीईओ बनेका छन्।
सन्जोगले आफ्नो करियर पत्रकारका रूपमा सुरु गरेका थिए। उनी २०१० मा स्टार इन्डियामा सामेल भए। उनी २०२० मा डिज्नी स्टारको खेलकुद प्रमुख बने। २०२४ मा भायाकम-१८ र डिज्नी स्टारको मर्जरपछि उनी जियोस्टार स्पोर्ट्सका सीईओ बने।
831
Shares

प्रतिक्रिया