खेल


लिभरपुलका पोर्चुगिज फरवार्ड डिएगो जोताको दुर्घटनामा मृत्यु

लिभरपुलका पोर्चुगिज फरवार्ड डिएगो जोताको दुर्घटनामा मृत्यु

नेपालखबर
असार १९, २०८२ बिहिबार १४:२७, काठमाडौँ

इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका पोर्चुगिज फरवार्ड डिएगो जोताको मृत्यु भएको छ। 

उत्तरपश्चिमी स्पेनको जामोरानजिकै भएको कार दुर्घटनामा जोताको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ।

२८ वर्षीय यी खेलाडी भाइ आन्द्रेसँगै कारभित्र रहेका बेला कारमा आगलागी भएको अंग्रेजी अनलाइन द सनले उल्लेख गरेको छ। 

दुर्घटनामा उनका भाइको पनि मृत्यु भएको छ। जोता लिभरपुलका लागि लेफ्ट विंगबाट खेल्थे। उनी वल्भ्सबाट सन् २०२० मा ४ करोड १० लाख पाउन्ड स्टर्लिङमा लिभरपुलमा अनुबन्ध भएका थिए। 

१० दिनअघि मात्रै विवाह गरेका जोताका तीन सन्तान छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad