खेल


एसीसी यू-१६ इस्ट जोन कप : उपाधिका लागि नेपाल र सिंगापुर भिड्ने

एसीसी यू-१६ इस्ट जोन कप : उपाधिका लागि नेपाल र सिंगापुर भिड्ने

नेपालखबर
असार १९, २०८२ बिहिबार १३:३२, काठमाडौँ

एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधिका लागि नेपाली युवा टोलीले सिंगापुरसँग खेल्ने भएको छ। 

बिहीबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता मलेसियालाई ९ विकेटले हराउँदै नेपाल चौथो पटक उपाधि नजिक पुगेको थियो। मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। 

आजै भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुरले नेपालसँगको भेट पक्का गरेको हो। हङकङलाई हराएसँगै सिंगापुरले प्रतियोगितामा नेपालसँग दोस्रो भेट तय गरेको हो। समूह चरणमा सिंगापुर नेपालसँगमात्र पराजित भएको थियो। 

नेपाल समूह ए को विजेता र सिंगापुर उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए। समुह ए का दुई टोलीले फाइनलमा स्थान बनाएसँगै समुह बी का दुवै टोली अन्तिम चारबाटै बाहिरिएका छन्।

दोस्रो सेमिफाइनलमा हङकङले दिएको १ सय ६९ रनको लक्ष्य सिगांपुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ ४३ ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भयो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad