खेल


नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने

नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने

नेपालखबर
असार १३, २०८२ शुक्रबार १६:४, काठमाडौँ

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमण गर्ने भएको छ। विश्वकप छनोटअघि नेपाली टोलीले अस्ट्रेलियामा टप इण्ड टी-२० सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। 

नेपालले डिएक्ससी एरिना, टिआईओ स्टेडियम र क्याजलीज एरेनामा खेल्नेछ। सिरिज १४ अगस्टदेखि २४ सम्म अस्ट्रेलियाको डार्बिनमा हुनेछ। 

नेपालले अस्ट्रेलियामा रहँदा कम्तीमा पनि ६ खेल खेल्नेछ। अस्ट्रेलियामा हुने तयारीले नेपालको टी-२० विश्वकप छनोटमा सहयोग पुग्ने क्यानले विश्वास लिएको छ। सिरिजमा सहभागी हुने टोलीको नाम अर्को साता घोषणा हुने बताइएको छ।

विश्व टी-२० क्रिकेट वरीयतामा नेपाल १८औं स्थानमा छ। यो सिरिजलाई नेपालले भारत तथा श्रीलंकामा हुने २०२६ को विश्वकप छनोटको तयारीको रुपमा उपयोग गर्नेछ।  त्यसो त नेपालका नयाँ क्रिकेट प्रशिक्षक स्टुअर्ट ल पनि अस्ट्रेलियाकै पूर्वब्याट्सम्यान हुन्।

सिरिजका लागि विश्व क्रिकेटमा सबैभन्दा कान्छो टी-२० कप्तान रोहित पौडेल (२२ वर्ष) नेतृत्वमा नेपालको मुख्य टोली नै मैदान उत्रिने अपेक्षा लिइएको अस्ट्रेलियाको नर्देन टेरिटोरी क्रिकेटले आफ्नो वेबसाइमा उल्लेख गरेको छ। उक्त टोलीमा स्टार लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरी पनि हुनेछन्।

३ करोड जनसंख्या भएको नेपालमा क्रिकेटको लोकप्रियता बढ्दो छ। १९९६ मा आईसीसीको एसोसिएट सदस्य बनेको नेपालले हालसम्म दुई वटा टी-२० विश्वकप (२०१४ र २०२४) मा सहभागिता जनाइसकेको छ।

नेपालले भर्खरै स्कटल्यान्ड र नेदरल्यान्डस्‌सँग टी-२० त्रिकोणात्मक श्रृङ्खला खेलेको थियो। त्यस्तै  पहिलोपटक वेस्ट इन्डिजसँग ऐतिहासिक द्विपक्षीय टी-२० श्रृङ्खला आगामी सेप्टेम्बरमा खेल्ने घोषणा गरिएको छ।

डार्विनमा हुने टप इन्ड टी-२० सिरिजमा नेपाली टोलीले स्थानीय नेपाली समुदायबाट व्यापक समर्थन पाउने अपेक्षा गरिएको छ। पछिल्लो दशकमा ७५० प्रतिशत वृद्धि भएको यस समुदायको जनसंख्या अहिले ३,००० नाघिसकेको तथ्यांक छ। 

अस्ट्रेलियामा नवौँ ठूलो आप्रवासी बस्छन्। त्यहाँ जन्मिएका नेपालीको संख्या नै १ लाख ८० हजारभन्दा धेरै रहेको तथ्यांक छ।  नेपाली जन्मेका व्यक्तिहरूको संख्या १,८०,००० भन्दा बढी छ, जसले नेपाली समुदायलाई अष्ट्रेलियाको नवौं ठूलो आप्रवासी समुदाय बनाएको छ।

उक्त सिरिजमा नेपाली संघ (एनटी)की प्रविता देवकोटा शर्मा, त्यहाँका व्यापार, व्यवसाय तथा एसियाली सम्बन्ध मन्त्री रोविन केहिल, नर्देन टेरिटोरी क्रिकेटका सीईओ गेभिन डोभी, खेलकुदमन्त्री जिन्सन चार्ल्स, गैरआवसीय नेपाली संघका सञ्जीव ढकाल, त्रिलोचन सापकोटा पनि उपस्थित हुने नर्देन टेरिटोरी क्रिकेटले जनाएको छ।   

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad