खेल


लुम्बिनीले गर्‍यो कप्तान रोहितसहित ६ खेलाडी रिटेन

लुम्बिनीले गर्‍यो कप्तान रोहितसहित ६ खेलाडी रिटेन

नेपालखबर
असार ११, २०८२ बुधबार १५:१९, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले मार्की खेलाडी रोहित पौडेलसहित ६ जना खेलाडीलाई रिटेन गरेको छ। 

लुम्बिनीले बुधबार सामाजिक सञ्जालमार्फत ६ खेलाडीलाई रिटेन गरेको जानकारी दिएको हो। लुम्बिनीले आगामी संस्करणका लागि मार्की रोहितसहित बलर तिलक भण्डारी, अविशेष गौतम, ब्याटर सन्दीप जोरा, अलराउण्डर दिनेश अधिकारी र विवेक यादवलाई रिटेन गरेको छ। 

लुम्बिनीले बलर सूर्य तामाङ, दुर्गेश गुप्ता, विकास अग्रि, विकेटकिपर अर्जुन साउद, ब्याटर आषुतोष घिरैया र आरिफ खानलाई रिलिज गरेको छ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, ‘म ती सम्पूर्ण खेलाडीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु, जसले हाम्रो यात्रा सुरु गर्दा हामीलाई साथ दिनुभयो। उहाँहरूको योगदान अमूल्य रह्यो र उहाँहरू सधैं हाम्रो परिवारका हिस्सा रहनुहुनेछ। हामी उहाँहरूलाई सधैं सम्झिरहनेछौं र भविष्यमा फेरि एउटै जर्सीमा उहाँहरूलाई पाउनु पनि सम्भव हुनसक्छ भन्ने आशा राख्दछौं।'

लुम्बिनी लायन्स ‘गर्वको गर्जन’लाई अझ बुलन्द बनाउँदै अघि बढिरहेको क्लबले उल्लेख गरेको छ। क्लबले नयाँ युवा खेलाडीहरूलाई मौका दिँदैछौं र विदेशी खेलाडीहरूको छनोट पनि त्यही अनुरूप गरिनेछ, ताकि टोली हरेक कोणबाट सशक्त बनोस्। बलियो टोली निर्माण गर्ने दिशामा हामी साना-साना कुरामा समेत ध्यान दिँदैछौँ-राम्रो क्रिकेट खेल्न, उत्कृष्ट नतिजा दिन र हाम्रा समर्थकहरूको अपेक्षा पूरा गर्न हामी निरन्तर लागिरहेका क्लबले विज्ञप्तीमा उल्लेख गरेको छ। 

लुम्बिनीले अघिल्लो सिजन अंक तालिकाको आठौँ स्थानमा रहेर लिग सकाएको थियो। लुम्बिनीले लिग चरणको सात खेलमध्य एक खेलमा मात्र जित निकालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad