स्कटल्यान्ड भ्रणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ।
स्कटल्यान्डको टिटवुडको ग्लासगोमा हुने खेल मंगलबार राति पौने ८ बजेदेखि सुरु हुनेछ।
पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको स्कटल्यान्ड लगातार दोस्रो जितको खोजीमा छ।
यता नेदरल्यान्ड्ससँग पहिलो खेलमा तेस्रो सुपर ओभरमा पुगेर हार भोगेको नेपाली टोली पहिलो जित दर्ता गर्न चाहन्छ।
स्कटल्यान्डमा भएको आईसीसी विश्वकप लिग २ पछि तिन टोलीले अहिले टी२० त्रिकोणात्मक सिरिज खेलिरहेका छन्।
318
Shares

प्रतिक्रिया