खेल


एन्फाले आफ्नो दुईवटा एम्बुलेन्स ललितपुर महानगरलाई दियो

एन्फाले आफ्नो दुईवटा एम्बुलेन्स ललितपुर महानगरलाई दियो

नेपालखबर
चैत २५, २०७६ मंगलबार ११:४३,

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार आफ्ना दुईवटा एम्बुलेन्स ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ।

विश्व महामारी कोरोनाभाइरससँग जुध्न आवश्यक पर्नसक्ने भएकाले ती एम्बुलेन्स हस्तान्तरण गरेको एन्फाले जनाएको छ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले यससम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।

उक्त सहमति आजबाटै कार्यान्वयनमा आउनेछ। मेयर महर्जनले सहयोगका लागि एन्फालाई धन्यवाद दिए। ती दुवै एम्बुलेन्स एन्फालाई फिफा फरवार्ड फन्डमार्फत उपलब्ध भएको थियो।

यसअघि नै एन्फाले आफ्ना विभिन्न स्थानमा रहेका भौतिक पूर्वाधारहरु आवश्यकताअनुसार कोभिड १९ का बिरामीलाई उपचार गर्नसक्ने गरी प्रयोग गर्न सरकारलाई अनुरोध गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .