खेल


विश्वकप लिग–२: स्कटल्यान्ड र नेदरल्यान्डस भिड्दै

विश्वकप लिग–२: स्कटल्यान्ड र नेदरल्यान्डस भिड्दै

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १२:४४, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज शुक्रबार घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दैछन्।  डुन्डीको फोर्थहिलमा हुने खेल पौने चार बजे सुरु हुनेछ।

त्रिकोणात्मक सिरिजको सुरुवाती खेलमा नेपालसँगै हार भोगेका दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रनेछन्। सिरिजको पहिलो खेलमा नेपालसँग १ विकेटले पराजित भएको स्कटल्यान्ड घरेलु मैदानमा पहिलो जित निकाल्न चाहान्छ। यता नेपालसँग नै ५ विकेटले पराजित भएको नेदरल्यान्डस घरेलु टोलीलाई पराजित गर्दै पहिलो जितको खोजीमा छ। 

स्कटल्यान्ड र नेदरल्यान्डसको पछिल्लो पाँच खेललाई हेर्ने हो भने नेदरल्यान्डसले तीन खेलमा जित निकालेको छ। दुई खेलको नतिजा स्कटल्यान्डको पक्षमा छ। 

लिग-२ को अंक तालिकामा नेदरल्यान्डस दोस्रो स्थानमा छ। २१ खेलमा १२ खेलमा जित, ७ खेलमा हार र २ खेलमा अंक बाँडेको नेदरल्यान्डस २६ अंकमा दोस्रो स्थानमा छ। 

१७ खेलबाट ९ खेलमा जित, ६ खेलमा हार र २ खेलमा अंक बाँडेको स्कटल्यान्ड २० अंकमा चौथो स्थानमा छ। लिगमा १२ खेल खेलेको नेपाल चार खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँड्दै १० अंकसहित तालिकाको सातौँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad