खेल


आरसीबीले पहिलोपटक आईपीएल उपाधि जितेपछि भावुक भए विराट कोहली

आरसीबीले पहिलोपटक आईपीएल उपाधि जितेपछि भावुक भए विराट कोहली

नेपालखबर
जेठ २१, २०८२ बुधबार ९:३३, काठमाडौँ

आफ्नो टोलीले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेपछि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का पूर्वकप्तान विराट कोहलीले फ्यानहरूलाई धन्यवाद दिएका छन्।

मंगलबार राति भारतको अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको आईपीएल १८औँ संस्करणको फाइनल खेलमा पन्जाब किग्संलाई ६ रनले हराउँदै आरसीबीले उपाधि हात पारेको हो। 

यसअघि तीनपटक आईपीएलको फाइनलमा पुगेर पनि उपाधि जित्न असफल आरसीबी चौथो प्रयासमा विजयी हुन सफल भएको हो। 

यसरी यति लामो समयदेखि पर्खिएको भन्दै आरसीबीका पूर्वकप्तान कोहलीले फ्यानहरूलाई धन्यवाद दिएका हुन्।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘यस टोलीले यो सपना साकार पार्‍यो, एउटा यस्तो सिजन, जुन म कहिल्यै बिर्सने छैन।’

उनले यो जित आरसीबीका सबै फ्यानहरूका लागि भएको उल्लेख गरेका छन्।

कोहलीले अगाडि लेखेका छन्, ‘यो जित ती सबै वर्षका निराशा र टुटेका हृदयका लागि हो..।’

आरसीबीले १८ वर्षको प्रतीक्षापछि आईपीएल उपाधि जितेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad