खेल


विकेट–वाइड–डट बल : स्कटल्यान्डविरुद्धको त्यो अन्तिम ओभर

विकेट–वाइड–डट बल : स्कटल्यान्डविरुद्धको त्यो अन्तिम ओभर

नेपालखबर
जेठ २०, २०८२ मंगलबार ०:४२, काठमाडौँ

आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले १ विकेटको रोमाञ्चक जित हात पार्न सफल भयो। 

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४९.५ ओभरमा ७ विकेट क्षतिमा २९६ रन बनाउन सक्यो। 

निर्धारित ५० ओभरको खेलमा नेपाल ब्याटिङमा उत्रियो। ४९ ओभर सकिँदासम्म नेपालले ८ विकेट गुमाइसकेको थियो भने लक्ष्यको पनि निकै नजिक अर्थात् २९० रन बनाइसकेको थियो। 

यतिखेर आशलाग्दा ब्याट्सम्यान करण केसीलाई सन्दीपले साथ दिइरहेका थिए। ६ बलमा ७ रन ल्याउँदा विजय पक्का थियो।

तर जब ५०औँ ओभरमा खेल अघि बढ्यो, पहिलो बलमै मार्क वाटले जर्ज मुन्सीको हातबाट सन्दीपलाई क्याचआउट गरे। 

त्यसपछि अन्तिम विकेट रहेका रिजन ढकाल क्रिजमा आए। स्ट्राइक उनकै थियो।  

वाटले वाइड बल फ्याँके। दोस्रो बलमा रिजनले रन लिनै सकेनन्। तर तेस्रो बल उनले खेर जान दिएनन्। करणले स्ट्राइक पाए। चौथो बलमा २ रन लिए। पाँचौँ बलमा पनि २ रन बटुले। खेल टाई भयो। त्यसपछि बल वाइड हुँदा नेपाल विजयी भयो। छैटौं बल सामना नै गर्नुपरेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad