खेल


आफ्नै पूर्व खेलाडी अलोन्सोलाई मुख्य प्रशिक्षकमा भित्रायो रियलले

आफ्नै पूर्व खेलाडी अलोन्सोलाई मुख्य प्रशिक्षकमा भित्रायो रियलले

नेपालखबर
जेठ ११, २०८२ आइतबार १७:५, काठमाडौँ

रियल मड्रिडका पूर्व मिडफिल्डर जाभी अलोन्सो रियलको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

रियलले उनलाई आगामी तीन वर्षका लागि क्लबमा मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो। खेलाडीका रुपमा उनले रियलका लागि २ सय ३६ खेल खेलेका थिए। लिभरपुल र स्पेनका मिडफिल्डर अलोन्सो सन् २०२८ को जुन ३० सम्म रियलमा रहनेछन्।

सन् २०१४ मा रियलमा खेलाडीका रुपमा च्याम्पियन्स लिग जितेका अलोन्सो सोमबार देखि नै क्लबको प्रशिक्षकको रुपमा मैदानमा देखिनेछन्।

क्लब छाडेपछि उनी बायर लिभरकुसेनको मुख्य प्रशिक्षक बनेका थिए। कार्लो एन्सेलोटीको स्थान लिर्दै अलोन्सो मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।

४३ वर्षीय अलोन्सोले बायरलाई सन् २०२३–२४ को सिजन आफ्नो पहिलो बुन्डेसलिगा उपाधि दिलाएका थिए। तर जारी सिजन लेभरकुसेन दोस्रो स्थानमा रहुयो।

बायरलाई सम्हाल्नुअघि उनले रियलको एकेडेमीबाट आफ्नो कोचिङ करियर सुरु गरेका थिए। उनले रियलको यू–१२ को जिम्मा लिदा सन् २०१८–१९ मा टोसर्नयो डे क्याम्पियोन्सको उपाधि दिलाएका थिए। त्यसपछी उनी रियल सोसिडाड बी मा पुगे।

अलोन्सोले क्लब छाडेपछि उनको स्थानमा म्यानचेष्टर युनाइटेडका पूर्व प्रशिक्षक एरिक टेन ह्याग लेभरकुसेनलाई सम्हाल्ने तयारीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad