समाज


रोशनी शाही मृत फेला

रोशनी शाही मृत फेला

नेपालखबर
जेठ ११, २०८२ आइतबार १७:७, काठमाडौँ

रोशनी शाही मृत फेला परेकी छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित डेरामा बस्ने जाजरकोट स्थायी घर भएकी शाही आइतबार दिउँसो १:५० बजे मृत फेला परेकी हुन्। 

कोठाभित्रबाटै बन्द गरेको अवस्थामा उनी मृत फेला परेको भक्तपुरका एसपी माधव बुढाथोकीले बताए। उनका श्रीमान् चित्रजंग शाही भने उपत्यका बाहिर रहेको र उनलाई खबर गरिसकेको पनि बुढाथोकीले बताए। उनका छोराछोरी विदेशमा छन्।  

कोठा भित्रैबाट बन्द गरेको अवस्थामा घरधनीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोडेर हेर्दा उनी कोठाभित्रै घोप्टो परेको अवस्थामा मृत फेला परेकी हुन्। उनको शरीरमा अन्य चोट देखिएको छैन। 

उनी बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरको पहिलो तलामा मृत फेला परेको प्रहरीले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad