आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलोपटक ग्लोबल छनोटमा स्थान बनाउँदै इतिहास रच्यो। यूएईविरुद्ध नेपालको कीर्तिमानी खेलको 'प्लेयर अफ दि म्याच' नेपालकी कप्तान इन्दु बर्मा घोषित भइन्।
खेलपछिको पोस्ट म्याच प्रेजेन्टेसनमा इन्दुले आफूले पाएको 'प्लेयर अफ दि म्याच'को अवार्डको हकदार मनिषा उपाध्याय भएको भन्दै उनलाई बोलाएर त्यो अवार्ड दिइन्।
कप्तान इन्दुले आजको खेलमा जितको हकदार सबै भए पनि मनिषाको प्रर्दशन उत्कृष्ट रहेको र त्यसलाई शब्दमा बयान गर्न नसकिने बताइन्।मनिषाले यूएईविरुद्ध ४ विकेट आफ्नो नाममा गरेकी थिइन्। उनले आफ्नो स्पेलमा मात्र २० रन खर्चिइन्। इन्दुले आफूलाई दिएको सो अवार्ड मनिषाले भने पूर्वकप्तान रुबिना क्षेत्रीलाई समपर्ण गरिन्।

'म एकदम खुसी छु, अझ धेरै म रुबिना दिदिको लागि किनभने उहाँको योगदान धेरै छ त्यसैले सबैभन्दा खुसी छु,' उनले भने, 'मैले आफैँलाई प्रामाणित गर्नु थियो। आउने दिनमा पनि अवसर पाएँ भने आफूलाई प्रमाणित गर्दै जानेछु।'
Shares

प्रतिक्रिया