खेल


महिला टी-२० विश्वकप एसिया छनोट: हङकङले हारे नेपाल सुपर थ्रीमा

महिला टी-२० विश्वकप एसिया छनोट: हङकङले हारे नेपाल सुपर थ्रीमा

नेपालखबर
जेठ १, २०८२ बिहिबार १६:३०, काठमाडौँ

आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सुपर थ्रीमा पुग्न नेपाललाई अब हङकङ र बहराइनबीचको खेलको नतिजा पर्खनु पर्ने भएको छ। 

बिहीबार भएको खेलमा डीएल मेथडमा बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपालले सुपर थ्रीमा पुग्ने आशा जीवित राखेको हो। 

नेपाल ५ अंकका साथ 'समूह सी' को शीर्ष स्थानमा छ। चार अंक भएको हङकङ दोस्रो स्थानमा छ। १ अंक भएको बहराइन तालिकाको पुछारमा रहँदै सुपर थ्रीको दौडबाट बाहिरिसकेको छ। 

नेपाल र समूहबाट अब नेपाल र हङकङको मात्र सम्भावना छ। समूह चरणको अन्तिम खेलमा हङहङले बहराइनलाई पराजित गरे समूहको शीर्ष स्थानमा रहेर सुपर थ्रीमा पुग्नेछ। 

यदी सो खेलमा बहराइनले हङकङलाई पराजित गरे नेपाल सुपर थ्रीमा पुग्नेछ। त्यसैले नेपालसामु अब हङकङको हारको र बहराइनको जितको कामना गर्नुबाहेक अर्को विकल्प छैन। 

यदी वर्षाका कारण हङकङ र बहराइनबीचको खेल प्रभावित भएर अंक बाँडेको अवस्थामा नेपाल नेट रनरेटमा पछि पर्दै समूह चरणबाट नै बाहिरिनेछ। 

नेट रनरेटमा हङकङ नेपालभन्दा बलियो छ। नेपालले समूह चरणको चार खेलमध्ये २ खेलमा जित, १ खेलमा हार र १ खेलमा अंक बाँड्दै ५ अंक बनाएको छ। नेपालको नेटरनरेट ०.८३० शून्य छ। 

हङकङले तीन खेलमा १ खेलमा जित र दुई खेलमा अंक बाँड्दै चार अंकमा दोस्रो स्थानमा छ। हङकङको नेट रनरेट ०.८६७ रहेको छ। त्यसैले नेट रनरेटमा पनि नेपालभन्दा हङकङ बलियो छ। 

समूह चरणमा नेपालले दुवै खेलमा बहराइनलाई पराजित गर्‍यो। पहिलो खेलमा बहराइनलाई ९ विकेटले हराएको नेपालले दोस्रो खेलमा भने डिएल मेथडका आधारमा ६ विकेटको जित निकाल्यो। 

हङकङसँग भने वर्षाको कारण पहिलो खेल रद्द हुँदा नेपालले समान १ अंक बाँडेको थियो। दोस्रो खेलमा भोगेको ७ विकेटको हार नेपालका लागि घातक बन्न पुग्यो। वर्षाका कारण ५ ओभरमा छोट्टाइएको खेलमा नेपालले ३ विकेटको क्षतिमा २९ रन मात्र बनाएको थियो। 

नेपालले दिएको झिनो लक्ष्य हङकङले ४.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। सोही हार नेपालका लागि शीर्ष ३ मा पुग्ने बाटोमा बाधक बन्न पुग्यो। बहराइन र हङकङबीचको खेल भोलि शुक्रबार हुँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad