खेल


रोकिएको आईपीएल मे १७ देखि पुनः सञ्चालन हुने

रोकिएको आईपीएल मे १७ देखि पुनः सञ्चालन हुने

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार ५:२६, काठमाडौँ

भारत-पाकिस्तान द्वन्द्वले स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) मे १७ देखि पुनः सञ्चालन हुने भएको छ। 

आईपीएलले आफ्नो एक्स ह्यान्डलमार्फत उक्त जानकारी दिएको हो। यस सिजनको फाइनल जुन ३ मा हुनेछ।

मे ८ तारखि हिमाचल प्रदेशको धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल चलिरहँदा रंगशालामा ब्ल्याकआउट भएपछि प्रतियोगिता एक हप्ताका लागि स्थगन गरिएको थियो।

भारतीय रक्षा मन्त्रालयले मे ८ को राति पाकिस्तानले भारतका धेरै ठाउँमा मिसाइल र ड्रोनबाट आक्रमण गरेको दाबी गरेको थियो।

मे १० देखि भने भारत र पाकिस्तानबीच युद्धविराम भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad