नेपालले एसीसी यू-१९ पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आयोजक मलेसियासँग खेल्ने भएको छ।
शनिबार समुह बी को अन्तिम खेलमा हङकङसँग ३ रनले पराजित भएसँगै समूह बीको उपविजेता बनेको मलेसियाले नेपालसँगको भेट पक्का गरेको हो।
नेपाल भने यसअघि नै समूह ए को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको थियो।
समुह बी विजेता हङकङले समुह ए को उपविजेता सिंगापुरसँग खेल्नेछ। दुबै सेमिफाइनल खेल सोमबार र फाइनल मंगलबार हुनेछ।
शुक्रबार भएको समूह ए को अन्तिम खेलमा सिंगापुरलाई २१७ सय रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह एको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो।
जारी प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, चीन, हङकङ, थाइल्याण्ड, सिंगापुर र भुटानको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेता टोलीले श्रीलंकामा हुने एसिसी यू-१९ एसिया कपमा सहभागिता जनाउँनेछन्।
श्रीलंकामा अगष्ठ २८ देखि सेप्टेम्बर ८ सम्म एसिसी यू-१९ एसिया कप हुनेछ। उक्त प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई र कुवेत लगायतका देश सहभागिता जनाउँदै छन्।

प्रतिक्रिया