नेपाल भलिबल संघको आयोजनामा हुने पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगको नवौँ संस्करण पोखरामा हुने भएको छ।
संघले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पोखरामा हुने प्रतियोगिता जेठ ८ देखि १५ गतेसम्म हुने जानकारी दिएको हो।
यसअघि संघले आयोजना गर्दै आएको काठमाडौको त्रिपुरेश्वरस्थित कभर्ड हलको मर्मतको काम भइरहेकाले प्रतियोगिता पोखरामा गर्न लागिएको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।
लिगमा पुरूषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोसी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।
लिगको दुवैतर्फका विजेताले समान ८ लाख तथा उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले २ लाख रुपैंया पाउनेछन्। लिगको सर्वोउत्कृष्ट खेलाडीले ५० हजार रुपैंया हात पार्नेछन्।
लिग आयोजना गर्न करिब ९० लाख रुपैयाँ लाग्ने अनुमान संघले गरेको छ।
Shares

प्रतिक्रिया