खेल


यूईएफए कन्फरेन्स लिगको उपाधिका लागि चेल्सी र रियल बेटिस भिड्ने पक्का

यूईएफए कन्फरेन्स लिगको उपाधिका लागि चेल्सी र रियल बेटिस भिड्ने पक्का

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार ६:९, काठमाडौँ

यूईएफए कन्फरेन्स लिगको उपाधिका लागि चेल्सी र रियल बेटिस भिड्ने पक्का भएको छ। 

बिहीबार राति स्ट्यामफोर्ड ब्रिजमा जर्जार्डनसँग भएको सेमिफाइनलको दोस्रो लेगमा १–० ले जित निकाल्दै चेल्सी कन्फरेन्स लिगको फाइनलमा पुगेको हो। 

चेल्सीले समग्रमा ५–१ को नतिजा निकालेको हो। 

सेमिफाइनलको पहिलो लेगमा चेल्सीले ४–१ को आरामदायी अग्रता बनाएको थियो। चेल्सीका लागि खेलको ३८ औँ मिनेटमा किर्नान डेब्सबरी हलले गरेको गोल नै निर्णायक बन्यो। 

गएराति नै भएको अर्को सेमिफाइनलमा रियल बेटीसले फियोरेन्टिनासँग २–२ को बराबरी गरेपनि समग्रमा ४–३ को नतिजा निकाल्दै फाइनलमा स्थान बनाएको हो। 

खेलको ३० औँ मिनेटमा एन्थोनीको गोलमा रियल बेटीसले अग्रता बनाएको थियो। तर त्यसको दुई मिनेटमा नै रोविन गोसेन्सले गोल फर्काए। 

फियोरेन्टिनाका लागि गोसेन्सले दुई गोल गरेपनि टोलीलाई फाइनल सम्म पुर्याउन सकेन्न। अतिरिक्त समयमा इज्जाजोउलीले गोल फर्काए। 

फाइनल खेल २८ मे मा पोल्यान्डको स्टेडियन ब्रोकलामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad