खेल


यूईएफए युरोपा लिग: उपाधिका लागि म्यानचेस्ट र टोटनह्याम भिड्ने

यूईएफए युरोपा लिग: उपाधिका लागि म्यानचेस्ट र टोटनह्याम भिड्ने

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार ५:५९, काठमाडौँ

यूईएफए युरोपा लिगको उपाधिका लागि म्यानचेस्ट युनाइटेड र टोटनह्याम हट्सपुर भिड्ने भएका छन्। 

बिहीबार राति ओल्ड ट्राफोर्डमा भएको सेमिफाइनलको दोस्रो लेगमा एथलेटिकोलाई ४–१ गोल अन्तरले पराजित गर्दै युनाइटेड युरोपा लिगको फाइनलमा पुगेको हो। 

युनाइटेडले समग्रमा एथलेटिकोमाथि ७–१ को जित निकालेको हो। 

पहिलो हाफको ३१ औँ मिनेटमा मिकेल जौरेगिजरको गोलमा एथलेटिको क्लबले युनाइटेडविरुद्ध सुरुवाती अग्रता बनाएको थियो। 

पहिलो हाफमा १–० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा मात्रै गोल फर्कायो। 

खेलको ७२ औँ मिनेटमा मासोन माउन्टको गोलमा युनाइटेड खेलमा फर्किएको थियो। उनले दोस्रो हाफमा दुई गोल गरे। त्यसपछि क्यासेमिरो र रसमस होजलुन्डले समान एक गोल फर्काए। 

युनाइटेडले अब उपाधिका लागि टोटनहम हट्सपुरसँग खेल्नेछ। 

बिहिबार राति नै भएको अर्को सेमिफाइनलमा टोटनह्यामले बोडो-ग्लिम्टलाई २–० ले पराजित गर्दै फाइनलमा पुगेको हो। टोटनह्यामले समग्रमा ५–१ को जित दर्ता गर्यो। 

टोटनह्यामको जितमा डोमिनिक सोलान्के र पेड्रो पोरोले समान एक गोल गरे। 

सेमिफाइनलको पहिलो लेगमा टोटनह्यामले ३–१ को अग्रता बनाएको थियो। टोटनह्याम ४१ वर्षमा पहिलो पटक युरोपेली उपाधिको खोजीमा रहेको छ। फाइनल खेल २१ मे मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad