खेल


रोहित शर्माले गरे टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा

रोहित शर्माले गरे टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा

नेपालखबर
बैशाख २४, २०८२ बुधबार २१:२१, काठमाडौँ

भारतीय ब्याट्सम्यान रोहित शर्माले बुधबार टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। उनले यो जानकारी आफ्नो इन्स्टाग्राममार्फत दिएका हुन्।

यद्यपि, रोहित एकदिवसीय ढाँचामा भारतीय टोलीबाट खेलिरहनेछन्।

इन्स्टाग्राममा सेयर गरिएको स्टोरीमा रोहितले भनेका छन्, 'म केवल यो भन्न चाहन्छु कि म टेस्ट क्रिकेटबाट सन्न्यास लिइरहेको छु, सेतो जर्सीमा मेरो देशको प्रतिनिधित्व गर्नु मेरा लागि ठूलो सम्मानको कुरा थियो।'

उनले अगाडि लेखेका छन्, 'वर्षौंदेखि मैले पाएको माया र समर्थनका लागि सबैलाई धन्यवाद। म भारतका लागि एकदिवसीय ढाँचामा खेलिरहनेछु।'

रोहितले २०२४ को टी-२० विश्वकप जितेपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए।

रोहितले टेस्ट क्रिकेटमा ६७ टेस्ट म्याचको ११६ इनिङमा ४०.५७ को औसतमा ४,३०१ रन बनाएका छन्, जसमा १२ शतक र १८ अर्धशतक समावेश छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad