क्लब विश्वकप अघि रियल मड्रिडले डिफेन्डर एलेक्जेन्डर अर्नान्डलाई अनुबन्ध गर्न प्रस्ताव अघि सारेको छ।
लिभरपुलका डिफेन्डर अर्नोडले यो सिजनको अन्त्यमा क्लब छाड्ने बताइसकेका छन्। २६ वर्षिय डिफेन्डर फ्रि एजेन्टमार्फत यो समरमा स्पेनिस क्लबमा अनुबन्ध हुने आशा गरिएको छ।
लिभरपुलसँग एलेक्जेन्डरको सम्झौता आगामी जुन ३० सम्म रहेको छ। तर त्यसको १६ दिन अघि नै क्लब विश्वकप सुरु हुदैछ। क्लब वल्डकप जुन १४ देखि जुलाइ १३ सम्म अमेरिकामा हुदैछ।
त्यसैले त्यसअघि नै एलेक्जेन्डरलाई क्लबमा अनुबन्ध गर्न रियल आतुर देखिएको छ। रियलले उनको सम्झौता बाँकी रहँदा नै उनलाई फुकुवा गर्न आग्रह गरेको छ।
उनको सम्झौता फुकुवा गर्न ८ लाख ५० हजार युरोको प्रस्ताव माथि छलफल गरिरहेको छ। विश्व फुटबलको अभिभावक फिफाले क्लब विश्वकपलाई ध्यानमा राख्दै छोटो समयका लागि ट्रान्सफर विन्डो खुला गर्ने बताएको छ। यो समरको १ देखि १० जुन सम्म फिफाले ट्रान्सफर विन्डो खुला गर्दैछ।
एलेक्जेन्डेरले लिभरपुलबाट दुई प्रिमियर लिग र एक च्याम्पियन्स लिग जितिसकेका छन्।
Shares

प्रतिक्रिया