नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तावित टोखा–छहरे सुरुङमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) छिटो सम्पन्न गर्नुपर्ने बताएका छन्।
संसद्मा आजको बैठकको शून्य समयमा उनले सो माग गरेका हुन्।
त्यसैगरी उनले पासाङल्हामु राजमार्गको रानीपौवा–त्रिशूली खण्डका लागि समेत बजेट विनियोजन गर्न माग गरे।
संसदमा अहिले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ।
45
Shares

प्रतिक्रिया