काठमाडौँको मूलपानी क्रिकेट मैदानमा नेपाली राष्ट्रिय टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण सुरु भएको छ। मुख्य प्रशिक्षक स्टुवार्ट ल र प्रशिक्षक ज्ञानेन्द्र मल्लको नेतृत्वमा २५ खेलाडी प्रशिक्षणमा सहभागी छन्।
५२ खेलाडीलाई चार टिममा बाँडेर पहिलो चरणको प्रतिस्पर्धा गराएपछि नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणका लागि २५ खेलाडी छानेको थियो।
यो टोलीबाट आगामी जेठमा स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ अन्तरगत त्रिकोणात्मक सिरिजका लागि अन्तिम टोली छनोट गरिने छ।
यसअघि नियमित टोलीमा रहेका कुशल मल्लसहित सागर ढकाल, सन्दीप जोरा र विवेक यादव भने दोस्रो चरणमा अटाएका छैनन्।
उनीहरूको स्थानमा युवा खेलाडीले मौका पाएका छन्। युवराज खत्री, रुपेश सिंह, किरण ठगुन्ना, शुभ कंसकार लगायत दोस्रो चरणमा समावेश छन्।



















सबै तस्बिरहरू - क्यान
Shares

प्रतिक्रिया