खेल


लन्डन म्याराथन: सन्तोषको ‘गिनिज वर्ल्ड रेकर्ड’,  आश्मा र स्वरूपाको उत्कृष्ट प्रदर्शन

लन्डन म्याराथन: सन्तोषको ‘गिनिज वर्ल्ड रेकर्ड’,  आश्मा र स्वरूपाको उत्कृष्ट प्रदर्शन

नेपालखबर
बैशाख १५, २०८२ सोमबार ५:५२, काठमाडौँ

लन्डनमा आइतबार सम्पन्न लन्डन म्याराथन २०२५ मा नेपाली धावकहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।  

नेपाल रन यूकेका संस्थापक सन्तोष राईले दौरा सुरुवाल लगाएर लन्डन म्याराथन दौडेर ‘गिनिज वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भए।

उनको यो विशेष दृश्यले दौडमा सबैको ध्यान तानेको थियो। उनले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा आफनो दौड पूरा गरेका थिए।

सन्तोष राईको भने, ‘हामी खेलमार्फत नेपाली संस्कृति र पहिचानलाई विश्वमञ्चमा पु-याउन चाहन्छौँ।’ 

उनको यो विशेष अभियान जुम्लामा प्रस्तावित ‘हाई अल्टिच्युड ट्रेनिङ क्याम्प’ निर्माणका लागि च्यारिटीमार्फत कोष संकलन गर्ने महान उद्देश्यसँग जोडिएको छ।  

दौरा सुरुवाल जस्तो परम्परागत नेपाली पोशाकमा विश्वप्रसिद्ध म्याराथन पूरा गरेर उनले नेपाली परम्पराको गौरव अन्तर्राष्ट्रिय स्तरमा फैलाएका छन्।

त्यसैगरि नेपाली धाविकाहरु आश्मा विश्वकर्मा र स्वरूपा खड्का पनि म्याराथन सफलतापूर्वक पूरा गर्दै लाखौँ नेपालीको मन जित्न सफल भए।

आश्मा विश्वकर्माले ३ घण्टा २७ मिनेट ७ सेकेन्डमा दौड पूरा गरिन् भने स्वरूपा खड्काले ३ घण्टा २९ मिनेट ४८ सेकेन्डमा दौड पूरा गर्दै आफनो अथक मेहनत र प्रतिबद्धताको उत्कृष्ट प्रमाण प्रस्तुत गरिन्।

बाल्यकालमा कठिन संघर्ष र बालश्रमको पीडा भोगेकी आश्माले लन्डन म्याराथन सफलतापूर्वक पूरा गरी आफैँलाई प्रमाणित गरेकी छिन्। 

उनले दौडको माध्यमबाट चाइल्ड रेसक्यु, नेपालका लागि संकलित रकमले नेपालमा अझ धेरै बालबालिकाहरूको उद्धार र पुनस्र्थापनामा सहयोग पुग्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad