एस्टोन भिल्लालाई पराजित गर्दै क्रिस्टल प्यालेस एफए कपको उपाधि नजिक पुगेको छ।
शनिबार राति वेम्बेली स्टेडियममा भएको सेमिफाइनलमा एस्टोन भिल्लालाई ३–० ले पराजित गर्दै क्रिस्टल प्यालेस एफए कपको फाइनलमा पुगेको हो।
क्रिस्टल प्यालेसलाई फाइनलमा पुर्याउन एबेरेची एजे र इस्माइला सारले गोल गरे।
पहिलो हाफको ३१ औँ मिनेटमा एजेको गोलमा क्रिस्टल प्यालेसले सुरुवाती अग्रता बनाएको थियो। सारको पासमा एजेले गोल गरेका थिए। खेलको ५८ औँ मिनेटमा सारले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
इन्ज्युरी समयको चौथो मिनेटमा सारले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीका लागि तेस्रो गोल गर्दै क्रिस्टल प्यालेसलाई ३–० को जित दिलाए।
क्रिस्टल प्यालेस सन् २०१६ पछि पहिलो पटक एफए कपको फाइनलमा पुगेको हो। समग्रमा तेस्रो पटक क्रिस्टल प्यालेसले फाइनल खेल्न लागेको हो। यसअघि दुई पटक फाइनलमा पुगेपनि क्रिस्टल प्यालेसले उपाधि जित्न भने सकेको छैन।
क्रिस्टल प्यालेसले अब उपाधिका लागि म्यानचेष्टर सिटी र नटिङगम फरेस्टमध्ये एक टोलीसँग भिड्नेछ। दोस्रो सेमिफाइनल खेल आइतबार राति हुँदैछ।
Shares

प्रतिक्रिया