नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवार्ट ल २ दिनपछि नेपाल आइपुग्ने भएका छन्। शुक्रबार उनी नेपाल आउने तय भइसकेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले बताए।
स्टुवार्ट नेपाल आइपुगेको भोलिपल्टैदेखि ५२ खेलाडी समावेश गरेर सञ्चालन गर्न लागिएको अभ्यास खेल सुरु हुनेछ। क्यानले ५२ खेलाडीलाई समावेश गर्दै चार टोली बनाएर अभ्यास खेल सञ्चालन गर्ने तालिकाक सार्वजनिक भइसकेको छ।
अभ्यास खेलको प्रदर्शन हेरेर स्टुवार्टलाई टोली निर्माणमा सहयोग पुगोस् भन्ने उदेश्यले चार टोलीको दुई चरणमा लिग सञ्चालन गर्न लागिएको हो।
क्यानले चैत १५ गते अष्ट्रेलियन पूर्वब्याटर स्टुवार्टलाई अप्रिलदेखि लागू हुने गरी २ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
स्टुवार्टले यसअघि अमेरिकन टोलीको मुख्य प्रशिक्षक भएर काम गरेका थिए। त्यसअघि श्रीलंका, बंगलादेश र अस्ट्रेलियाकै क्रिकेट टिममा पनि विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन्।
Shares

प्रतिक्रिया